Sunday, 23rd August, 2026
वि.स.

विदाको हल्ला मात्र, यसरी फैलियो विदाबारे हल्ला

२५ मंसिरमा समाचार पोर्टलहरुमा बिहीबार देशभर सार्वजनिक विदा भनेर समाचारहरु प्रकाशित भए। २५ मंसिर बेलुकासम्म विदाबारे सामाचार भाइरल बन्यो।

तर, बिहीबार सरकारले भने विदा दिएकै छैन। गृहमन्त्रालयका सहप्रवक्ता उपसचिब उमाकान्त अधिकारीले बिहीबार सार्वजनिक विदा नदिएको जानकारी दिए।

खासमा बिहीबार विदा भएको समाचार भाइरल हुनुको कारण २०७५ मा भएको एक निर्णयले हो। तत्कालीन संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र गृहमन्त्री रामबहादुर थापाले २०७६ मा थप गरिने विदाबारे एक निर्णय गरेका थिए।

सो निर्णयमा उँधौली पर्वका अवसरमा मंसिर २६ गते विदा प्रस्ताव गरिएको थियो। सो प्रस्ताव भने पारित भइनसकेकाले बिहीबार उँधौलीका अवसरमा सार्वजनिक विदा नहुने भएको हो। 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif