nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विकास खबरपत्रिका ‘क’ वर्गमा [सम्पुर्ण नतिजा सहित]

प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वितरण सम्परीक्षण नतिजा सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को नतिजा अनुसार मकवानपुरको थाहा नगरपालिकाबाट प्रकाशित विकास खबरपत्रिका साप्ताहिक ‘क’ वर्गमा परेको हो । 

विकास खबरपत्रिकाको साथै हेटौंडाबाट प्रकाशन हुने हेटौंडा सन्देश दैनिक, साझाकुरा दैनिक र हाम्रो मातृभूमि त्रैमासिक साहित्यिक पत्रिका पनि ‘क’ वर्गमा परेको छ । वर्गिकरण नतिजा अनुसार मकवानपुरबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाहरु मध्ये विकास खबरपत्रिका साप्ताहिक मात्र ‘क’ वर्गमा वर्गिकृत भएको हो । हेटौंडा सन्देश र साझाकुरा दैनिक हेटौंडाबाट प्रकाशित हुँदै आएका समाचारमुलक पत्रिका हो भने हाम्रो मातृभूमि साहित्यिक पत्रिका हो । 

विकास खबरपत्रिका सदरमुकाम बाहिरको ग्रामिण क्षेत्र थाहानगरलाई मुख्य आधार बनाई प्रकाशन भैरहेको ग्रामिण विकास समाचारमुलक साप्ताहिक पत्रिका हो । दिगो विकास मल्टिमिडिया प्रा.लि.द्वारा प्रकाशित विकास खत्ररपत्रिका १४ वर्षदेखि नियमित प्रकाशन हुँदै आएको छ । पत्रिकालाई ‘क’ वर्गमा पु¥याउन सहयोग गर्ने सम्पूर्ण पाठक, शुभचिन्तक तथा आम व्यक्तित्वहरुहरुप्रति सम्पादक कुमार नेगीले आभार व्यक्त गरेका छन् । उनले पत्रिकालाई विविध तवरबाट सँधै योगदान र सहयोग तथा र सुझाव दिन आग्रह समेत गरेका छन् । विकास खबरपत्रिका कोभिड–१९ को महामारीमा समेत नियमित प्रकाशन गर्दै पाठकहरुका लागि अनलाईन पढ्न www.bikaskhabar.com मा राखिएको थियो । 

मकवानपुरबाट प्रकाशित हुने ५ दैनिक पत्रिका मध्ये  थाहा सन्देश, सम्वृद्ध समाज र प्रदेश दैनिक ‘ख’ वर्गमा परेका छन् । १२ साप्ताहिक मध्ये एउटा ‘क’, ९ वटा ‘ख’ र २ वटा ‘ग’ वर्गमा वर्गिकृत भएका छन् । मिसाइल पाक्षिक ‘ख’ वर्गमा परेका छ । त्यस्तै ३ साहित्यक पत्रिका मध्ये एउटा क र बाँकी ‘ख’ वर्गमा परेका छन् ।

 

१६ माघमै सूचना प्रकाशित गरी नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित पुनःयोगका लागि निवेदन दिन सक्ने जनाएको छ । थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने जानकारी गराएको छ । 

नतिजा सम्बन्धी विस्तृत विवरण हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)