Friday, 21st August, 2026
वि.स.

वामगठबन्धनको औचित्यबारे भेला

हेटौडा उपमहानगरपालिका वडा न.ं १७ मा वामगठबन्धनको अगुवा कार्यकर्ता भेला २८ कार्तिकमा सम्पन्न भएको छ । रंगनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा वामगठबन्धनको औचित्य बारे बोल्दै वक्ताहरुले वामगठबन्धनको उम्मेदवारलाई मतदान गर्दै मुलुकको समृद्धिमा योगदान पु¥याउन मतदाताहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कौशल पाण्डे, नेता रामचन्द्र राई, शेर बहादुर पहरी, कमल विष्ट, भोला रुपाखेती लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत शंकर बहादुर राउतले गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif