Sunday, 9th August, 2026
वि.स.

वाइसीएल थाहा सम्मेलनकाे तयारी पूरा, अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने

inbound474521355122789099-1731078470.jpg

थाहननगरमा हुने नेकपा (माओबादी केन्द्र) को सहायक संगठन वाईसिएल नेपाल थाहा नगर कमिटीको दोस्रो सम्मेलनको तयारी पुरा भएको आयाेजकले जनाएकाे छ ।

२४ कात्तिकमा थाहा नगरको इन्द्रायणीचौरमा हुने सम्मेलनको उद्घाटन नेकपा (माओबादी केन्द्र)का केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य एवम् थाहानगर इन्चार्ज लबशेर बिष्टले बताए ।

सम्मेलनको तयारी अन्तरगत स्वागत गेट निर्माण, स्वागत ब्यानर राख्नुका साथै मन्च ब्यवस्थापनको कार्य भईसकेको वाईसीएल बागमती प्रदेश कमिटी सदस्य दिपेन्द्रकुमार लामाले बताए ।

सम्मेलनको लागि प्रत्येक वडाबाट ५/५ जनाको दरले प्रतिनिधि चयन भैइसकेको वाईसीएल थाहा नगर अध्यक्ष मानसिं दोङले बाताए । सम्मेलनले वाईसीएल थाहा नगर कमिटीको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष दोङले बाताए ।

प्रचण्डले सम्मेलनको उद्घाटन गर्नुका साथै सभालाई संबोधन गर्ने, पूर्व जनमुक्ति सेना, जनयुद्धका घाइते, अपांग, शहीद परिवार सम्मानका साथै पार्टीको नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रम रहेको नेकपा माओबादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif