Sunday, 9th August, 2026
वि.स.

वाइसीएल थाहाको सम्मेलन शुरु, प्रचण्डले गरे उद्घाटन

Udghatan-1731140695.jpg

नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएलको थाहानगर सम्मेलन थाहा नगरपालिका इन्द्रायणीचौस्थित निर्माणाधीन कभर्ड हलमा शुरु भएको छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सम्मेलनको उद्घाटन गरेका छन् । उद्घाटनसँगै अहिले नेताहरुले शुभकामना मन्तव्य व्यक्त गर्ने कार्य चलिरहेको छ । 

कार्यक्रममा बोल्दै थाहा नगरपालिकाका प्रथम नगरप्रमुख लवशेर विष्टले आफू नगरको प्रमुख हुँदा गरेका महत्वपूर्ण कामहरुबारे जानकारी गराउँदै अध्यक्ष प्रचण्डसमक्ष थाहा–२ फेदीगाउँ बस्ती बचाउ र गणेशमान सिंह मार्गको काम सम्पन्न गर्नेगरी पहल गर्न आग्रह गरे । 

सम्मेलनअघि कलाकारहरुले स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने माओवादी थाहानगर अध्यक्ष विनोद लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif