Friday, 7th August, 2026
वि.स.

थाहा पोलिक्लिनिकमा वरिष्ठ स्त्रीरोग तथा रेडियोलोजी विशेषज्ञ आउने
गर्भावस्था, महिनावारी गडबडी, सन्तान नहुने समस्या लगायतका रोगको विशेषज्ञ परामर्श तथा भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा उपलब्ध हुने

tthaha-policlinic-1786011355.png

थाहा। थाहा–३, शिखरकोटस्थित थाहा पोलिक्लिनिक मा आगामी साउन ३० गते शनिबार वरिष्ठ विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन हुने भएको छ।

पोलिक्लिनिकका अनुसार काठमाडौंका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। सजना श्रेष्ठ र वरिष्ठ रेडियोलोजिस्ट डा। मिलन सिलवाल ले सेवा प्रदान गर्नेछन्। उक्त शिविरमा गर्भवती महिला, महिनावारी गडबडी, सानोपेट दुख्ने, पाठेघरसम्बन्धी समस्या, सेतो पानी बग्ने तथा सन्तान नहुने समस्याबाट पीडित महिलाले विशेषज्ञ परामर्श लिन सक्नेछन्।

त्यसैगरी, भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा पनि उपलब्ध गराइने पोलिक्लिनिकले जनाएको छ। साथै वीर अस्पतालका वरिष्ठ फिजिसियन डा। विकास सहनी ले सुगर, उच्च रक्तचाप, दम, ग्यास्ट्रिक, थाइराइडलगायत रोगको परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गर्नेछन्।

पोलिक्लिनिकका अनुसार नियमित रूपमा बिरामी जाँच, प्रयोगशाला सेवा (रगत, दिसा, पिसाब, खकार, वीर्य परीक्षण), औषधि सेवा, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, अक्सिजन सेवा, सामान्य शल्यक्रिया तथा परिवार नियोजन सेवा पनि सञ्चालन हुँदै आएको छ।

स्वास्थ्य परीक्षण तथा परामर्श सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएकाले सम्बन्धित बिरामीलाई समयमै उपस्थित भई सेवाको लाभ लिन थाहा पोलिक्लिनिकले आग्रह गरेको छ।



Thaha-002-1774415222.gif