Sunday, 9th August, 2026
वि.स.

बेथितिविरुद्ध मेचीकाली अभियान चलाउँदैछाैँ : प्रचण्ड

IMG-20241109-WA0001-1731148761.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा बेथिति र भ्रष्टाचार बढेकाे भन्दै त्यसका विरुद्ध मेचीकाली अभियान चलाउने बताएका छन् ।

आज थाहाकाे ईन्द्रायणी चाैरस्थित निर्माणाधीन कभर्डहलमा आयाेजित वाइसीएल थाहानगर सम्मेलनकाे उद्घाटनमा बाेल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन् ।

मुलुककाे ७५३ वटै पालिकामा खबरदारी सभा गरेर भ्रष्टाचार विरुद्ध आवाज उठाउछाैँ, उनले भने ।

नेपालमा बेथितिविरुद्ध नयाँ क्रान्ति गर्नैपर्ने आवश्यकता देखिएकाे र त्यसकाे नेतृत्व आफूले गर्ने संकल्पका साथ आफू लागेकाे उनले स्पष्ट पारे ।

मुलुककाे स्थिरता र विकासकाे लागि प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने प्रचण्डकाे भनाइ रहेकाे छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif