Saturday, 8th August, 2026
वि.स.

म्यानपावर कम्पनीले श्रमिक नपठाउने
१५ बुँदे माग अघि सार्दै आन्दोलन घोषणा

IMG_20260807_184143-1786107678.jpg

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ७७१ वटा म्यानपावर कम्पनीमाथि गरिएको कारबाही फिर्ता, वैज्ञानिक सेवा शुल्क निर्धारणसहित १५ बुँदे माग अघि सार्दै शुक्रबारदेखि वैदेशिक रोजगारीका लागि श्रमिक पठाउन बन्द गर्ने घोषणा गरेको छ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले नीतिगत सुधार नगरेसम्म श्रमिक विदेश पठाउने प्रक्रिया स्थगित रहने जनाएको हो। यसअघि संघले युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १५ दिनको अल्टिमेटम दिएको थियो।

संघका अध्यक्ष डिकबहादुर खत्रीले वर्तमान अवस्थालाई ‘शून्य समय’ मानेर श्रमिक पठाउने कार्य रोक्ने र सरकारले आवश्यक नीतिगत सुधार गरेपछि कानुनको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालनमा फर्किने बताए।

हाल नेपालबाट दैनिक करिब दुई हजार श्रमिक वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन्। तीमध्ये अधिकांश श्रमिक संस्थागत रूपमा खाडी मुलुक तथा मलेसिया जाने गरेका छन्।

संघले श्रमिक गन्तव्य मुलुकतर्फको हवाई भाडा घटाउन, कृत्रिम बजारको अन्त्य गर्न, युरोप, दक्षिण कोरिया, जापान तथा घरेलु श्रमिकलाई पनि संस्थागत रूपमा पठाउन पाउने व्यवस्था गर्न माग गरेको छ। साथै, संस्थागत र व्यक्तिगत उजुरीका लागि छुट्टाछुट्टै संयन्त्र, वैदेशिक रोजगारसम्बन्धी उजुरीको निष्पक्ष सुनुवाइ, बिगो दाबी तथा फरफारकलाई न्यायोचित बनाउन र श्रमिक भर्ना प्रक्रियामा देखिएका एकाधिकारको छानबिन गरी कानुनी व्यवस्था गर्नुपर्ने माग पनि संघले अघि सारेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif