Sunday, 9th August, 2026
वि.स.

प्रचण्ड पालुङमा, थाहानगर कार्यालयमा स्वागत गरियो

prachanda-1731136668.png

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पालुङ आइपुगेका छन् ।

माओवादीको युवा संगठन वाइसीएलको थाहानगर सम्मेलन उद्घाटनको क्रममा थाहानगर आइपुगेका प्रचण्डलाई थाहा नगरपालिका कार्यालयमा स्वागत गरिएको छ । 

थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, कर्मचारीहरु लगायतले पूर्वप्रधानमन्त्री प्रचण्डलाई स्वागत गरेका छन् । स्वागतसँगै नगर प्रमुख विष्टले प्रचण्डसमक्ष थाहानगरपालिकाको विकासको अवस्था र चुनातिहरुका बारेमा जानकारी गराएका छन् । 

माओवादी अध्यक्ष अहिले थाहा नगरपालिका कार्यालयमा छन् । उनले केहीबेरमा वाइसीएलको थाहानगर सम्मेलनको उद्घाटन गर्नेछन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif