Saturday, 22nd August, 2026
वि.स.

वडा सचिवहरुलाई कार्यालयमा हाजिर हुन नगरपालिकाको निर्देशन

मकवानपुर थाहा नगरपालिकाले घरमा बसेका वडा सचिवहरुलाई तत्काल कामकाजमा फर्कन निर्देशन जारी गरेको छ । नगरपालिकाले विश्व महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका विभिन्न अभियान संचालन गरिरहेकोमा यस कार्यमा सचिवहरुलाई खटिन भनेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालय थाहा नगरपालिकाले निर्णय गरी वडा कार्यालयहरुमा परिपत्र गरिएको सचिवालय संयोजक विवेक विडारीले जानकारी दिए । साथै, हाल हाजिर भै कामकाज गरिरहेका सचिवहरुको पनि विदा स्वीकृत नगर्न र विदामा नबस्न वडाहरुलाई परिपत्र गरिएको विडारीले जानकारी दिए । थाहा नगरपालिकामा १२ वटा वडा रहेका छन् ।

लकडाउनको बेला सरकारले दैनिक कामकाज बन्द गरी घरैमा प्रविधिको भरपुर प्रयोग गरेर कोरोना भाइरस नियन्त्रण तथा रोकथाम अभियानमा सहभागी हुन सबै सरकारी कर्मचारीहरुलाई भनेको थियो ।

यसअघि मकवानपुरकै कैलाश गाउँपालिकाले पनि सचिवहरुलाई नियमित कार्यालयमा हाजिर हुन सूचना प्रकाशन गरेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif