Tuesday, 25th August, 2026
वि.स.

वडा अध्यक्ष गमालको खेती मोह, फस्टाउँदो किबी

थाहा नगरपालिका १० का वडा अध्यक्ष हिराबहादुर गमालथाहानगरका एक जनप्रतिनीधि दैनिक जनताको कामको साथसाथै खेतीपातमिा पनि उल्लेख्य कार्य गर्दै आएका छन् । मकवानपुरको थाहा नगरपालिका १० का वडा अध्यक्ष हिराबहादुर गमालले किवी खेती थालेका छन् । कलाटुमा अध्यक्ष गमालले लगाएको किबी लटरम्म फल्न थालि सकेको छ । थाहा नगर किवी उत्पादनको पकेट क्षेत्र भएकाले पछिल्लो समय यहाँका किसानहरु व्यवसायिक किवी खेती तर्फ आकर्षित भएका छन् ।

यही आकर्षणका कारण थाहा नगरपालिका १० का वडा अध्यक्ष हिरा बहादुर गमालले पनि व्यवसायिक रुपमा किवी खेती गर्न शुरु गर्न थालेका हुन् ।  गमालले रहरै रहरमा ५  वर्ष पहिले केहि बोट किवी लगाएका थिए । अहिले ३० रोपनी जग्गामा करिब ८ सय विरुवा हुर्काई सकेका छन् । उत्पादन राम्रो र स्वस्थकर फल भएका कारण व्यावसायिक रुपमा किवी खेती थालेको गमालको बताउँछन् । 

वडा अध्यक्षको व्यस्थताको दैनिकीबाट बचेको समयलाई सदुपयोग गर्दै गरिएको खेतिबाट फस्टाए पछि गमाल आगामी वर्ष सम्म ५० रोपनीमा व्यावसायिक किबी खेती गर्ने सोचमा छन् ।   
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif