Wednesday, 1st July, 2026
वि.स.

वक्तृत्वकलामा जनकल्याणकी नवीका प्रथम

प्लान ईन्टरनेशनलको आर्थिक  सहयोग निष्पक्ष युवा समुहको आयोजनामा वक्तृत्वकला प्रतियोगिता थाहानगरको जनकल्याण  माविमा सम्पन्न भएको    छ । 

२६ माघमा भएको प्रतियोगितामा विभिन्न विद्यालयका १४ विद्यार्थीहरुको सहभागिता रहेको थियो । सक्षम नारी समुन्नत समाज विषयक प्रतियोगितामा जनकल्याण माविका माबिका नवीका धमाल प्रथम, जनकल्याण माविकै अस्मिता खडका द्वितीय, सेती गणेश आधारभुत विद्यालयकी रोशनी बिष्ट तृतीय र जनकल्याण  माविका अस्मि गुइदेल सन्त्वना भइन् । 

विजयी विद्यार्थीहरुलाई जनकल्याण  माविका प्राचार्य  सानोभाइ कार्कीले पुरस्कार वितरण गरेका थिए। 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०