Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लोकतान्त्रिक यातायातको बैठक हेटौंडामा

नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संगठनको केन्द्रिय बैठक २२ भाद्रमा हेटौंडामा हुने भएको छ । देशभरीवाट बैठकमा ७५ जनाको सहभागिता रहने छ । 

बैठकमा यातायात क्षेत्रको बिषयमा बिस्तृत छलफल हुने संगठनका मकवानपुर अध्यक्ष सुमनलाल श्रेष्ठले जानकारी दिए । बसको छत हटाउने तथा चाडवाडमा २० किलो मात्र लगेज लाज पाउने सरकारको निर्णय, सवारी जाँचपासलाई प्रदेशमा बिकेन्द्रिकरण गरीनुपर्ने, नारायणगढ, मुग्लीन लगायत देशभरमा अबरुद्ध भएका सडक खण्ड सुचारु, सवारी आयात र बिस्थापित निति परीमार्जन, सवारी दर्ता– नबिकरण, अबैध रुपमा खोलीएका संघ संस्था, प्रालि तथा कम्पनिहरुको सम्बधमा छलफल गरी सरकारको ध्यानाकर्षण गराउने संगठनका केन्द्रिय अध्यक्ष श्रीप्रसाद मैनालीले जानकारी दिए ।

हेटौंडाको सहिद स्मारकमा हुने बैठकमा अन्य थप महत्वपुर्ण निर्णयहरु हुने भन्दै मैनाली बैठक पछि निर्णयहरु पनि सार्बजानिक गर्ने जानकारी दिए ।