Wednesday, 1st July, 2026
वि.स.

लैङगिक हिंसा विरुद्ध क्षमता अभिवृद्वि तालिम 

प्लान इन्टरनेशनलको आर्थिक  सहयोग तथा निष्पक्ष युवा समुहको व्यवस्थापनमा किशोरी समुह तथा किशोरी संजालका सदस्यहरुका लागि २ दिने लैङगिक हिंसा विरुद्ध क्षमता अभिवृद्वि तालिम दिइएको छ ।

मकवानपुरको मार्खु गाविसमा भएको तालिममा ३६ जना किशोरीहरुको सहभागिता छ । तालिमको सहजिकरण अधिवक्ता ललिता श्रेष्ठले गरेकी थिइन् ।

तालिममा लैङगिक हिंसाका प्रकृति तथा कानुनी प्रक्रियाका बारेमा सु–सुचित पार्ने विषयवस्तुमा छलफल भएको थियो ।