Thursday, 20th August, 2026
वि.स.

लियो जिल्ला परिषद् ३२५ बि १ को दोस्रो जिल्ला परिषद् थाहानगरमा हुने

hellossss-1537412321.jpg

लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गतको लियो जिल्ला परिषद् ३२५ बि १, नेपालको दोस्रो जिल्ला परिषद् बैठक थाहा नगरमा हुने भएको छ । आउँदो पौष २७ र २८ गते संचालन हुने बैठकमा लागि लियो क्लब पिस थाहाका संस्थापक अध्यक्ष अनित विष्टकोको संयोजकत्वमा मूल आयोजक समिति गठन भएको छ । मूल आयोजक समितिमा प्रवेश खत्री, कविन अमात्य, मनिषा बस्नेत र अनिता विष्ट रहेका छन् । 

बैठक सम्पन्न गर्नका लागि रजिष्ट्रेशन तथा जन सम्पर्क उप समिति, आवास व्यवस्थापन , आर्थिक संकलन, स्मारिका प्रकाशन, खाना व्यवस्थापन, स्वागत, सजावट तथा आर्थिक सत्कार, हल व्यवस्थापन, शान्ति ¥याली, यातायात व्यवस्थापन, मिडिया, स्वास्थ्य र स्वयंसेवक परिचालन परिचालन समिति गठन भएको छ । 

मुलुकका विभिन्न जिल्लाबाट सहभागी आउने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने लियो क्लब पिस थाहाका संस्थापक अध्यक्ष विष्टले बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif