Friday, 21st August, 2026
वि.स.

लियो क्लबको सक्रियतामा बजार सिँगारियो

आगामी १० कार्तिकदेखि १८ गतेसम्म थाहा नगरको इन्द्रायणी चौरमा हुन लागेको तेस्रो थाहा महोत्सवको तयारी तीव्र पारिएको छ । यस क्रममा लियो क्लब अफ पिस थाहाका युवाहरुको सक्रियतामा थाहाको मुख्य बजार सिँगारिएको छ ।
लियो क्लब अफ पिस थाहाका संस्थापक अध्यक्ष अनित विष्ट र वर्तमान अध्यक्ष गणेशप्रसाद विष्टको नेतृत्वमा लियो क्लब सदस्यहरुको टोलीले तोरन टाँगेर बजार सिँगारेको हो । ओखरबजारबाट शुरु गरी ओखरबजार र शिखरकोटसम्म बजारभरि तोरन टाँगिएको लियो क्लब अफ पिस थाहाका अध्यक्ष विष्टले बताए । 
लियो क्लब अफ पिसले स्थापनादेखि नै सामाजिक सेवामा सक्रियता देखाउँदै आएको छ । 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif