Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लाै ! चितवनको भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे

Bharatpur-1598330218.jpg

 चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित भागेका छन् ।

उनलाई राखिएको कोठामा नभेटेपछि उनी भागेको आशंका गरिएको छ । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय ती पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौ ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो ।

मंगलबार विहानैदेखि अस्पतालमा नभेटिएपछि उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०