Tuesday, 18th August, 2026
वि.स.

लागू औषध सहित राजेश श्रेष्ठ पक्राउ

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । २० फागुनमा हेटौंडा ३ मा बस्ने ४५ वर्षिय राजेश श्रेष्ठलाई रातोमाटे प्रहरी चेकपोष्टमा बिरगंजबाट हेटौडा तर्फ आउ“दै गरेको ना. १ ज. ६३९० नम्बरको माईक्रो भ्यानमा चेक जा“च गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाय उपरिक्षक वामदेव गौतमका अनुसार श्रेष्ठको साथबाट लागु औषध कोरेक्स ५ बोत्तल, कफ्रेश २० बोत्तल, नाईट्रोभेट ७३ ट्याब्लेट बरामद गरिएको छ । श्रेष्ठको अनुसन्धान भइरहेको गौतमले बताए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif