Thursday, 27th August, 2026
वि.स.

लागुऔषध गाँजा सहित हेटौंडाबाट दुई जना पक्राउ

pakraau-1611724397.jpg

 हेटौंडामा लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ बस्ने ५० वर्षीय शंकर चौधरी र सोही स्थान बस्ने ५० वर्षीय राम बिलास पासवान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार हेटौडा उपमहानगरपालिका वडा नं. १० स्थित बसपार्कबाट १० किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif