Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लक्ष्य अनुसार कामको मुल्याङ्कन गर्न प्रमुख खुलालकाे सुझाव

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले लक्ष्य अनुसारको काम भए/नभएको विषयमा स्थानीय तहले मुल्याङ्कन गर्ने बेला भएको बताएका छन् । २१ मंसिरमा जिल्लाको मनहरी गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएका प्रगतिकाे अनुगमन तथा समिक्षाका क्रममा उनले स्थानीय तहहरुमा थुप्रै कामहरु भएको भए पनि आफुले निर्धारण गरेको लक्ष्य अनुसार काम भए/नभएको मुल्याङ्कन गर्न सुझाव दिए । 

प्रमुख खुलालले पैसा छरेर मात्र विकास नदेखिने भन्दै योजनावद्ध विकासमा ध्यान दिनूपर्ने भन्दै लक्ष्य निर्धारण गरेर काम गर्न र त्यसको व्यवस्थित अभिलेखिकरण गर्न आग्रह गरे । प्रमुख खुलालले विभिन्न कारणले स्थानीय तहहरुले पूर्ण रुपमा ढुक्क भएर काम गर्न नसकेको भन्दै आइ परेका समस्याहरु विस्तारै समाधान हुँदै जाने समेत बताए । संघीयता कार्यान्वयनको चरणमा केहि समस्याका बाबजुद पनि स्थानीय तहहरुले थुप्रै काम गरिरहेको हुँदा कहि कतै नचुक्ने गरि कामलाई निरन्तरता दिन उनले अनुरोध गरे ।

प्रमुख खुलालले स्थानीय तहहरुले व्यवहारिक निति र दरो कार्यान्वयनका साथ काम गर्नुपर्नेमा जोड दिए । कागजमा मात्रै दरो निति बनाउनु भन्दा कार्यान्वयनमा दरो भएर लाग्नु पर्ने उनको भनाई थियो । जनप्रतिनिधि र कर्मचारीको संयुक्त पहलमा मात्र समृद्धि हासिल गर्न सकिने भन्दै उनले हरेक काम विधिमा टेकेर समन्वयका साथ गर्न आग्रह गरे । उनले मनहरी गाउँपालका मकवानपुरका अन्य स्थानीय तहहरु भन्दा छुट्टै विषेश्ता भएको गाउँपालिका रहेको भन्दै सोहि अनुसारकै योजना बनाउन समेत आग्रह गरे । कानुन सम्वत र पारदर्शि रुपमा काम गरेमा मात्र शुसासन कायम गर्न सिकन्छ भन्ने कुरालाई ख्याल गर्नु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले समग्र रुपमा लक्ष्य निर्धारण गरेरै काम भएको बताए । उनले गाउँपालिकामा कृषि र पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेकाले उक्त क्षेत्रलाई विशेष महत्व दिएर काम गरेको बताए । चालु आवमा गाउँपालिकाले करीब ७८ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट निर्धारण गरेको मध्ये पहिलो चौमासिक सम्म करीब ११ प्रतिशत रकम खर्च भईसकेको समेत बताए । कुल १८० योजना मध्ये कार्तिक मसान्त सम्ममा स्टिमेट तयार, उपभोक्ता समिति गठनलगायतका पहिलो चौमासिकमा गर्नुपर्ने काम सकेको साथै २४ वटा योजना सम्झौता भइसकेको र १० वटा योजनाको भुक्तानि समेत भईसकेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरु, तथा कर्मचारीहरुको उपस्थिती थियो । जिल्ला समन्वय समितिले असारे विकासलाई अन्त्य गर्नुपर्छ भन्ने उद्ेश्यका साथ समयमै योजना सम्झौता, उपभोक्ता समिति गठन, लागत अनुमान तयारलगायतका काम भए÷नभएको विषयमा अनुगमन तथा अन्तरकृया गर्ने क्रममा आईतबार मनहरी गाउँपालिकामा अनुगमन गरेको हो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०