Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

लकडाउन खुल्यो, त्रिभुवन राजपथमा सवारी साधनको ताँती (फोटो फिचर)

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लागू गरिएको बन्दाबन्दी (लकडाउन) ७ साउनबाट औपचारिकरुपमा अन्त्य भएको छ । योसँगै लकडाउनमा लागू गरिएका धेरै प्रतिबन्धहरु खुकुलो भएका छन् । यद्यपि, केही क्षेत्रहरुमा भने प्रतिबन्ध कायम नै रहेका छन् । 

यातायात सञ्चालनमा लगाइएका अधिकांश प्रतिबन्धहरु हटाइएका छन् । योसँगै धेरै सार्वजनिक यातायातहरु सञ्चालनमा आएका छन् । सरकारसँगको वार्तापछि यातायात व्यवसायीहरुले ८ साउनबाट पूर्णरुपमा सार्वजनिक यातायातहरु सञ्चालनमा आउने भएका छन् । 

लकडाउन अन्त्य भएसँगै बिस्तारै जनजीवन सामान्यतर्फ अघि बढ्दैछ । तर, संक्रमणको जोखिम कायम नै रहेकाले मानिसहरु अझै पनि सतर्क रहेका छन् । यातायातका साधनहरु खेलेसंगै पृथ्वीराजमार्गमा सडक बाढी पहिरोका कारण अवरोध भएपछि त्रिभुवन राजपथ भएर गुड्न थालेका छन् । यातायातको साधनको त्रिभुवन राजपथमा चाप बढेको छ । 

हेरौँ लकडाउन खुलेको पहिलो त्रिभुवन राजपथको थाहानगरको शिखरकोट र आसपासको क्षत्रेमा  देखिएको सडकः


 



https://www.thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।