Wednesday, 19th August, 2026
वि.स.

रेडक्रस उपशाखा बज्रवाराहीको सभापतिमा सानुकाजी निर्वाचित

नेपाल रेडक्रस सोसाइटी उपशाखा बज्रवाराहीको सभापतिमा सानुकाजी गोपाली चयन भएका छन् । बज्रवाराहीमा भएको रेडक्रस बज्रवाराहीको १६ औं साधारण सभाले गोपालीको सभापतित्वमा आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । सर्वसम्मत रुपमा चयन गरिएको समितिको सदस्यहरुमा राजेन्द्र विँडारी, मेघराज बलामी, सुशिला गोपाली, रामबाबु सिं ठकुरी, नरहरी गोपाली, दीर्घकुमार  सुवेदी, केदारबहादुर जोशी र सविन भक्त श्रेष्ठ रहेका छन् । साधारण सभाले सभापति र बाँकी सदस्यहरु चयन गरेपछि कार्यसमितिको बैठकले उपसभापति, सचिव, कोषाध्यक्ष लगायत पदाधिकारीहरु चयन गर्ने रेडक्रसको बैधानिक व्यवस्था छ ।  

विधान अनुसार एक जना सदस्य मनोनित हुनेछ भने निवर्तमान सभापति पदेन सदस्य रहने व्यवस्था छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपभापति झम्कप्रसाद गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभाध्यक्षता रेडक्रस बज्रवाराही उपशाखाका महेश्वर सुवेदीको रहेको  थियो ।  कार्यक्रममा जिल्ला रेडक्रसका अभियन्ताहरु लालबहादुर थापा, खेमराज सापकोटा, पिताम्वर बास्तोला लागतयको उपस्थिति रहेको  थियो ।   सभापतिमा चयन भएपछि गोपालीले     रेडक्रसलाई अझ व्यापक बनाउने बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif