Thursday, 20th August, 2026
वि.स.

रूपचन्द्र स्मृति दिवसमा थाहा साहित्यिक महोत्सव हुने

थाहा आन्दोलनका अभियन्ता स्वर्गिय रूपचन्द्र बिष्टको २० औं स्मृति दिवसको सन्दर्भमा पालुङ साहित्य परिषद्को संयोजनमा प्रथम थाहा साहित्यिक महोत्सव हुने भएको छ। 

पुस्तक प्रकाशन,काव्य गोष्ठी र यश भेगको स्रष्टाहरूको सामुहिक सिर्जना संकलन गरेर नयाँ पुस्ताको लेखकहरूलाई प्रोत्साहन गर्दै आएको यश संस्थाले यश पटक थाहा साहित्य महोत्सव गर्न लागेको कुरा अध्यक्ष बिर्खे अञ्जानले  बताए । 

विकास निर्माण ,शिक्षा ,स्वास्थ र जनमुखी अभियान बोकेर थाहा दर्शनको प्रतिवादन गर्ने राजनीतिज्ञ रूपचन्द्र बिष्टको यही असार ७ गते स्मृति दिवस पर्ने समय जुराएर परिषद्ले यस्तो कार्यक्रम परिकल्पना गरेको हो ।सो महोत्सवमा बिष्टको ब्यक्तित्व, कृतित्व र योगदानको चर्चा गरिनुको साथै मुलुकभरका प्रतिनिधि स्रष्टाहरूको मौलिक सिर्जना वाचन, जनवादी गीत संगीतको प्रस्तुत गरिने कुरा कार्यक्रमको मुल आयोजक थाहा नगरपालिकाका मेयर लवशेर बिष्टले जानकारी दिए । उनले भने, स्थानीय सरकारको काम भौतिक निर्माण मात्रै होइन सम्वन्धित क्षेत्रको कला ,संस्कृति र साहित्यको विकास गर्नु पनि हो ।

कार्यक्रमले थाहा नगरपालिकालाई साहित्यिक पर्यटनको मुख्य गन्तब्य स्थल बनाउँन मुद्दत पुग्ने कुरा संयोजक बिर्खे अञ्जानको प्रतिक्रिया छ । भाषा, कला र संस्कृतिको क्षेत्रमा सक्रिय पालुङ साहित्य परिषद् ,मकवानपुरको उत्तरी क्षेत्रमा स्थापना भई विगत लामो समयदेखि संस्थागत साहित्यको विकासकोलागि क्रियाशील संस्था हो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०