Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

रुपान्तरित नेतृत्वका लागि ५ दिनेसेमिनार

विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ—नेपाल, हेटौँडा शाखाको आयोजनामा आजदेखि ५ दिने “रुपान्तरित अलौकिक सिद्धान्त सेमिनार” हेटौंडा—५, सानो पोखरामा शुरु भएको छ । सेमिनारमा संघका राष्ट्रिय प्रशिक्षक काशिनाथ खनालबाट यूवाहरुलाई एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइने छ ।

यस अभियानले युुवावर्गमा भएका वभिन्नि विचलनमा सुधार ल्याउने र युगले सुम्पेको युगीन दायित्व पूरा गर्न युवाहरुलाई शसक्तीकरण गर्ने उद्देश्यले चेतनामूलक, शिक्षामूलक एवम् सेवामूलक विविध कार्यक्रम, सेमिनार, गोष्ठी  देशव्यापी रुपमा संचालन गर्दै आईरहेको छ । कार्यक्रममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता विषय वस्तुमा आधारित भएर प्रशिक्षण दिइने कुरा कार्यक्रम संयोजक सुवास लामाले बताउनुभयो ।

 चरित्रवान् व्यक्ति नै असल परिवार,समाज, समुदाय, राष्ट्र र विश्वको खम्बा हो । व्यक्तिगत चरित्रको विकास विना उच्च स्तरीय सभ्यता र दीगो एवं सार्थक विकास असम्भव भएकाले यसका लागि व्यक्तिगत तहदेखि नै तयारी गर्ने अभिप्रायले कार्यक्रम गरिएको जानकारी दिइएको छ । उचित ज्ञान र शिक्षाको अभावमा अपराध र विक्रीति बढ्ने कुरातिर जोड दिँदै संयोजक लामाले त्यसलाई रोक्नु मात्र होइन अगाडि हाँक्ने जनशक्ति पनि आजको टड्कारो आवश्यकता हो, त्यसको जिम्मेवारी हामीले बोध गरेर यस्ता कार्यक्रम संचालन गरेका हौं, भन्नुभयो ।  

सेमिनारमा ४० जना युुवायुवतीहरुको सहभागिता रहेको छ । सेमिनारमा सामाजिक उत्थान एवं नैतिकता, पवित्रता, मानव जिम्मेवारी र पूर्नस्थापनाको सिद्धान्तका बारेमा तथ्यपूर्ण र यथार्थपरक ज्ञानमूलक, सेवामूलक र चेतनामूलक जस्ता गतिविधिहरु बाँकी ४ दिनहरुमा सिकाइने छ ।