Tuesday, 25th August, 2026
वि.स.

रुख ढलेर अवरुद्ध त्रिभुवनराजपथ खुल्यो

२१ साउन साती वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौं ठूला रुखहरु ढलेका छन् ।

हुरीबतासले राजपथको शिखरकोट–दामन खण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौं उतीसका रुखहरु ढलेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले जानकारी दिए । रुख ढलेर सडक नै छेकिएपछि मध्यराती केहीबेर यातायात अवरुद्ध भएको थियो । सवारी चालक र सहयोगीहरुले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी संचालनमा आएको थियो ।

२२ साउन विहान सडक विभागका स्थानीय कर्मचारीहरुले सडकमा ढलेका रुख हटाएपछि सडक पूर्णरुपमा सुचारु भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif