Friday, 21st August, 2026
वि.स.

रुख काटेको आरोपमा उपभोक्ता समिति सदस्य जेल चलान

अनियमित रुपमा रुखहरु कटान गरी वन पैदावार हानी नोक्सानी गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले सामुदायिक वन उपभोक्ता समितिका दुई सदस्यलाई जेल चलान गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–८ मा रहेको देउताखोला सामुदायिक वनका दुईजना कार्यसमिति सदस्यलाई अदालतले मागेको धरौटी बुझाउन नसकेपछि जेल चलान गरिएको हो ।

उपभोक्ता समूहका सदस्य पातलीमाया भुलुन र सदस्य सितामाया घ्यावासँग जिल्ला अदालत मकवानपुरले आइतबार जनही ११ लाख १७ हजार रुपैयाँ नगद वा जेथा जमानत धरौटी मागेको थियो । तर उनीहरुले धरौटी बुझाउन नसकेपछि दुवैलाई चितवनको भरतपुर कारागार चलान गरिएको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत नरेश पूर्वेले जानकारी दिए ।

वन ऐन २०४९ को दफा ६४ को २ बमोजिम उनीहरुसँग धरौटी माग गरेको अदालतको आदेशमा उल्लेख छ । सामुदायिक वनमा अनाधिकृत रुपमा १४ हजार ८ सय ३६ क्यूफिट काठ कटान भएको आरोपसहित डिभिजन वन कार्यालय मकवानपुरले अदालतमा मुद्दा दायर गरेको थियो । अनियमित रुपमा रुख कटान गरेको ठहरसहित सोही वन समूहका अध्यक्ष पनि ३ महिना जेल बसेर धरौटी बुझाएपछि यसअघि नै रिहा भइसकेका छन् ।

-सुवास विडारी, कान्तिपुर ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif