nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु, आर्मीको विजयी सुरुवात

सुदूरपश्चिमलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल आर्मीले हेटौँडामा भएको राष्ट्रिय महिला हक्की प्रतियोगितामा विजयी सुरुवात गरेको छ । आर्मीका लागि खेलको तेस्रो र ११ औँ मिनेटमा टंकमाया खपाङ्गीले गोल गरिन् । यस्तै ७, २१ र ४१ औँ मिनेटमा सीतामाया बलले गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ५३ मिनेटमा आर्मीकै लागि सीताकुमारी चौधरीले गोल गरिन् । आर्मीसामु निरीह बनेको सुदूरपश्चिमले गोल गर्न सकेन ।

१० वैशाखमा भएको प्रतियोगिता अन्तर्गत भएको दोस्रो खेलमा महोत्तरीलाई १–० ले पराजित गर्दै पोखरा विजयी भएको छ । पोखराका लागि खेलको ८ औँ मिनेटमा कमला राना मगरले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । वैशाख १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच र विभागीय टीम आर्मीसहित ६ टिम सहभागी छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद ५१ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाण पत्र पाउने छ । यस्तै, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद ३१ हजार र २१ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाण पत्र जित्ने आयोजक मकवानपुर हक्की संघका अध्यक्ष प्रतापसिंह क्षेत्रीले बताए । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)