nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

रामेश्वर कार्कीलाई पुत्रशोक, शिव गाउँलेलाई पितृशोक

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । १३ फागुन बेलुका धादिङबाट काठमाडौं फर्किने क्रममा काठमाडौं बाफलमा बाटो काट्ने क्रममा कार्कीकी श्रीमति सुभद्रालाई टिप्परले ठक्कर दिएको थियो ।

टिप्परको ठक्करपछि सुभद्राले काखमा बोकेको १० महिनाको छोरा सुलभ भुईंमा पछारिएका थिए । शुलभको उपचारको क्रममा अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा १४ फागुन बिहान निधन भएको थियो । सुभद्रा  र रामेश्वरको उपचार भएको छ ।

ठक्कर दिने बा ३ ख ३००६ नम्बरको टि्रपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई पितृ शोक परेको छ । गाउँलेका बुवा देवीप्रसाद कोइरालाको सुमेरु अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।