Thursday, 8th October, 2026
वि.स.

राक्सीराङमा वाम गठवन्धनको सभा, राप्रपाका उम्मेद्वार सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश

पश्चिम मकवानपुरको राक्सीराङ गाउँपालिकामा वाम गठवन्धनको चुनावीसभा सम्पन्न भएको छ । राक्सीराङ गाउँपालिका वडा न ८ देविटारमा भएको चुनावी सभामा गत बैशाखमा सम्पन्न स्थाननिय तह निर्वाचनमा राप्रपाको तर्फबाट वडा अध्यक्षको उम्मेद्वार बनेका तुलबहादुर रुम्बा सहित दुई दर्जन वाम गठवन्धनमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा बोल्दै वाम गठवन्धनको तर्फबाट क्षेत्र नंबर २ का उम्मेद्वार विरोध खतिवडाले देशको विकास वाम गठवन्धनबाट मात्र संभव हुने बताए । लोकतान्त्रिक गठवन्धनका उम्मेद्वारहरु विकासको भ्रम छर्न सक्रिय भएको आफुले सुनेको भन्दै खतिवडाले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको कांग्रेस र राप्रपाले देशलाई कयाँै वर्ष पछि धकेल्ने काम गरेको बताए ।

कार्यक्रममा सोहि निर्वाचन क्षेत्र अन्र्तगतका प्रदेशसभा उम्मेद्वार राजाराम स्याङ्तान, एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, वाम नेताहरु ओम घलान, पिभि गोले, महेश बर्तौला लगाएतको उपस्थिती रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०