nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यी हुन् थाहानगरका कान्छा जनप्रतिनिधि, को हुन् उनीहरु ?

kanxa-umedwar-1653009871.jpg

थाहा नगरपालिकामा ३० बैशाखमा भएको निर्वाचनबाट मेयर तथा उपमेयरसहित ६२ जना निर्वाचित भएका छन् । उनीहरुमध्ये सबैभन्दा कान्छा जनप्रतिनिधि वडा नम्बर १२ का युवराज जिम्बा रहेका छन् ।

जिम्बा अब २४ वर्ष लाग्दैछन् । उनी २०५५ साउन १२ गते जन्मिएका हुन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत् थाहा–१२ बाट उनले खुल्लातर्फ वडा सदस्यमा उमेदवारी दिएका थिए ।

रुख चिन्हबाट उमेदवारी दिएका जिम्बाले ७५९ मत ल्याए र निर्वाचित भए । व्यवस्थापन सङ्कायतर्फ स्नातक गर्दै काठमाण्डौँ नैकाप बसिरहेका उनी गाउँ फर्किएर निर्वाचनमा होमिएका थिए । चन्द्रागिरी नगरपालिकामा नेकपा एकीकृत समाजवादीको युवा संगठनको उपाध्यक्ष भएर काम गरिरहेका जिम्बा गाउँ फर्किएपछि एकीकृत समाजवादीको नगर सदस्य र समाजवादी युवा संघको जिल्ला सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

थाहा १२ मा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनले जित निकालेको थियो  । 

त्यस्तै, थाहा नगरपालिका वडा नम्बर १ का सरोज प्रधान पनि अहिले २४ वर्षका भए । प्रधान अहिले २४ वर्षको रहेको निर्वाचन आयोगले प्रकाशन गरेको उमेरगत विवरणमा उल्लेख छ ।

प्रधान नेकपा माओवादी केन्द्रको तर्फबाट थाहा–१ को खुल्ला सदस्यमा उमेदवार भई विजयी भएका हुन् । उनले ८२६ मत ल्याएका थिए । वडा नम्बर १ मा माओवादीको प्यानलै विजयी भएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि नेकपा माओवादी केन्द्रमा  सक्रिय प्रधान एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि नेकपा माओवादी केन्द्रको वडा नम्बर १ को पार्टी कमिटीको उपसचिबको जिम्मेवारीमा रहेका थिए । उनको १ श्रीमती र १ छोरी छन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)