nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ थाहाका जनप्रतिनीधिको पहिलो निर्णय

थाहा नगरपालिका नगर कार्यापालिकाको पहिलो बैठकले फोहोर व्यवस्थापनदेखि निःशुल्क ल्याब (प्रयोगशाला) सुविधा दिनेसम्मको निर्णय गरेको छ । 
विभिन्न स्थानीय तहमा निर्वाचित पदाअधिकारीले लोकप्रिय निर्णय गरिहँदा थाहामा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रस्तावना लिएर आर्थिक सहयोग गर्ने र स्वास्थ्य केन्द्रबाट निःशुल्क ल्याब सेवा प्रदान गर्ने १९ जेठमा सम्पन्न बैठकले निर्णय गरेको हो । 

नगर कार्यपालिकाको पहिलो बैठकले थाहानगरको फोहोर व्यवस्थापन गर्नको लागि थाहाको पर्यटकीय क्षेत्र दामन, सिमभन्ज्याङको मुख्य बजार क्षेत्रमा डस्टविन खरिद गरी वितरण गर्ने निर्णय गरेको थाहा नगरपालिकाका कार्यकारी अधिकृत जीवनप्रसाद आचार्यले जानकारी दिए । बैठकले स्वर्गिय रुपचन्द्र विष्टद्वार निर्माण गरिएको विकास घरलाई थाहा भवनको रुपमा विकास गर्ने निर्णय भएको आचार्यले जानकारी दिए । 

बैठक थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको अध्यक्षतामा भएको थियो । 

एक सदस्य अनुपस्थित

थाहा नगर कार्यपालिकाको पहिलो बैठकमै एक सदस्य अनुपस्थित भएका छन् । बैठकमा थाहा नगरपालिका वडा नम्बर ४ बाट दलित महिला सदस्यमा निर्वाचित भई कार्यपालिकाको लागि महिला सदस्यमा निर्वाचित सोनिया सुनार अनुपस्थित भएकी हुन् ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित भएकी हुन् ।    


 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg