Friday, 3rd July, 2026
वि.स.

यस्तो छ, थाहानगरमा खाद्यन्न मौज्दात [हेर्नुहोस दैनिक रिपोर्ट]

लकडाउनको समयावधि बढुदै गर्दा थाहा नगरपालिकाले नगरका खाद्यन्न पसलहरुसंग मौज्दातको अवस्था संकलन गरेको छ ।

थाहा नगरपालिका अन्तर्गत रहेका बजार व्यवस्थापन समितिसंगको समन्वयमा वडा कार्यालय तथा नगरपालिकाले मोज्दात संकलन गरेको छ । थाहा नगरपालिका वडा नं १, ३, ४, ६, १०, ११ र १२ का विभिन्न थोक तथा खुद्रा पसलहरुको कोज्दात संकलन गरिएको  कोरोना रोकथाम नियन्त्रण समन्वय समिति थाहा नगरपालिकाको सचिवालय सदस्य अनिल लामिछानेले जानकारी दिए । 

थाहा नगरपालिकाका खाद्यन्न पसलहरुमा अहिले  २ हजार १ सय २७ बोरा चामल, ४ हजार २ सय ५५ किलो दाल, २ सय ५२ कार्टुन तेललगायतको उपभोग्य सामाग्री रहेको छ । 

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सचिवालयको दैनिक रिपोर्ट २०७६ चैत १४ गतेको पढ्न
यहाँ क्लिक गर्नुहोस ।