Wednesday, 1st July, 2026
वि.स.

यस्ताे छ, विव्यस अध्यक्ष विनायकको जेठानकी छोरीलाई जागिर खुवाउने प्रपञ्च

मकवानपुर स्थित थाहा नगरपालिकाको डाँडाबासमा रहेको सुन्दरीदेवी माविमा बाल विकास केन्द्रको सहयोगी कार्यकर्ता (सका) छनोमा अनियमितता भएको भन्दै विद्यालयमा उजुरी परेको छ । 

जनकल्याण माविमा १० भदौमा चार प्रतिस्पर्धीबीच भएको सका छनोट परीक्षामा दिलकुमारी मोक्तान छनोट भएपछि १२ भदौमा छनोट प्रक्रियामा बैकल्पिकमा परेकी गोमा भोम्जन सहित विना वाइबा र गौरी घलानले विद्यालय प्रशासन समक्ष उजुरी गरेका हुन् । उनीहरुले सका छनोटमा अनियमितता भएको भन्दै पुनः परीक्षा गराउन माग गरेका छन् । 

छनोट भएकी मोक्तान सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनायक गोलेको जेठानकी छोरी हुन् । विद्यालयमा उजुरी परेको थाहा पाएको बताउँदै उजुरीको सम्बोधन हुने विद्यालय निरीक्षक लक्ष्मण दाहालले बताए । सुन्दरीदेवीमा फेरी परीक्षा हुन्छ ? दाहालले भने–‘बैकल्पिक उमेद्वार पनि हामीले घोषणा गरेका छौं, अब प्रक्रियामा जान्छ ।’ उनले भने–‘मैले पहिल्यै भनेको थिएँ, तपाइहरुको कोही मान्छे हुनुहुन्छ भने छनोट समितिमा नबसनूस्, हामीले सबै थाहा पाउने कुरा भएन अहिले थाहा भयो ।’ सका छनोटमा अरु कुनैपनि कुरामा तलमाथि नभएको दाहालले बताए । 

सफल उमेद्वार घोषणा भएकी दिलकुमारी एसएलसी उतीर्ण छिन् भने अरु प्रतिस्पर्धी प्रमाणपत्र तह उतीर्ण भई स्नातह तहमा अध्ययनरत् छन् । प्रतिस्पर्धी मध्येकी बैकल्पिकमा परेकी गोमा भोम्जन सुन्दरीदेवी माविमै सहयोगी पदमा कार्यरत् छिन् । त्यस्तै बिना वाइवा आग्राकै चण्डिका आधारभुत विद्यालयमा निजी शिक्षक हुन् भने गौरी घलान स्थानीय डाइनामिक बोर्डिङमा शिक्षक पदमा कार्यरत् व्यक्ति हुन् ।

यि हुन् छनोट समितिका व्यक्तिहरु:

संयोजक : विनायक गोले, अध्यक्ष विद्यालय व्यवस्थापिन समिति
सदस्य  : लक्ष्मण दाहाल, विद्यालय निरीक्षक
सदस्य : ठकुर प्रसाद बर्तौला, स्रोत व्यक्ति
सदस्य सचिव : प्रतापसिं गोले, प्रधानाध्यापक



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०