Thursday, 20th August, 2026
वि.स.

यसरी शुभारम्भ भयो थाहा बसपार्क 


मकवानपुरको थाहा नगरपालिकामा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । वडा नं. ४ स्थित नार्खुढाँडमा बसपार्क निर्माणका लागि सडक ट्रयाक खनिएको छ । 

थानाबजार नजिकै रहेको ४८ रोपनी क्षेत्रफलमा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइको हो । नगरको गौरबको योजनाको रुपमा अघि बढाइएको बसपार्कका लागि थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा ३० लाख, मकवानपुर प्रतिनीधि सभा–२ का सांसद विरोध खतिवडा मार्फत संचालन हुने स्थानीय पूर्वाधार साँझेदार कार्यक्रम अन्तर्गत ५० लाख रुपियाँ विनियोजन भएको छ । 

गाउँ विकास समितिदेखि कै अवधारणा रहेको थाहा बसपार्कको निर्माणलाई स्रोत अपुग रहेको जानकारी गराउँदै यसलाई समयमै निर्माण सक्ने नगर प्रमुख लवशेर विष्टको प्रतिवद्धता छ । बसपार्ककाृ विस्तृत परियोजना प्रस्ताव तयार गरेर वृहत्त योजनाको साथ निर्माण गर्ने थाहा नगरपालिकाको योजना रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif