Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मेयर विष्टले भने–'आफूले गरेको फोहोर नगरले आएर सफा गर्दिन्छ भन्ने धारणा हटाऔं'

विश्व वातावरण दिवसको अवसरमा थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन, सिमभन्ज्याङ क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको विशेष उपस्थितीमा भएको कार्यक्रममा थाहा नगरपालिकाका कर्मचारीहरु, दामन सिमभन्ज्याङ क्षेत्रका स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो । वातावरण दिवसको अवसरमा सिमभन्ज्याङ बजारमा नकुहिने फोहोर संकलनको लागि १० वटा डस्टविन पनि राखिएको छ । 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

थाहानगरमा चुनौति बन्दै गएको फोहोर व्यवस्थापनका लागि आफ्नो फोहोर आफै व्यवस्थापन गर्नको लागि नगर प्रमुख विष्टले आग्रह गरे । बजारका पसल–पसलमै पुगेर प्रमुख विष्टले भने–‘घर तथा पसलबाट निश्कने फोहोर कुहिनेलाई घरैमा व्यवस्थापन गर्नुहोस नकुहिने फोहोरलाई पनि जम्मा गरेर भिन्दै राख्नुस्, त्यसको व्यवस्थापन नगरले गर्छ ।’ फोहोर जथाभावी नफाल्न आग्रह गर्दै उनले फोहोरले आफ्नै कमजोरी झल्कने हुँदा इज्जतका लागि आफ्नो फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने बताए । 

फोहोर आफू गर्ने, अनि नगरले आएर सफा गर्दिन्छ भन्ने धारणाबाट थाहानगरबासी परिवर्तन हुनु पर्ने बताउँदै बरु नगरले सहयोग भने गर्ने प्रमुख विष्टको भनाई थियो । वातावरण दिवसको अवसरमा सिमभन्ज्याङका प्रत्येक घर अघि एउटा रुख हुर्काउन आग्रह गर्दै विष्टले स्थानीयलाई विरुवा पनि हस्तान्तरण गरे ।