Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

मुटुरोगीलाई भुजेल समाज युएईको सहयोग

Jhapa-Bhujel-1477049220.jpg

झापा सुरुङ्गाकी मुटुरोगी दुर्गादेवी भुजेलको उपचारार्थ ७४ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रवासी भुजेल समाज समिति युएईले उक्त सहयोग गरेको हो । 

नौं वर्षदेखि मुटुको समस्याबाट पीडित दुर्गादेवीको आर्थिक अभावकै कारण तत्काल अप्रेशन गरेर मुटुको भल्भ फेर्न नसकिएकाले आर्थिक सहयोगको अपील आएपछि भुजेल समाजले सहयोग गरेको हो । सहयोगपछि उनको शल्यक्रिया गरेर भल्भ फेरिसकिएको छ । प्राप्त सहयोगबाटै मुटुको भल्भ फेर्न सफल भएको र स्वस्थ्य भएकोमा दुर्गादेवीले खुसी व्यक्त गरिन् ।

सन् २०१२ मा युएईमा रहेका भुजेलहरुको भेलाबाट भुजेल समाजको स्थापना गरिएको समाजका केन्द्रीय सदस्य पदम भुजेलले जानकारी दिए । समाजका केन्द्रीय उपाध्यक्षमा सूर्यबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा भुजेल समाज सेवा समिति झापाका संस्थापक अध्यक्ष भीम खवासको प्रमुख आतिथ्य रहेको थियो ।