nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मार्खुका दश जोडी सम्मानित

१६ दिने महिला हिँसा विरुद्धको अभियानको अवसरमा मकवानपुरको मार्खुमा १० जोडीलाई सम्मान गरिएको छ । नारी सीप सृजना केन्द्रले लैङ्िगक सम्बन्धमा सुधार भएकामा मार्खुका १० जोडीलाई सम्मान कार्यक्रम गरेको सामाजिक परिचालक सम्झना बलामीले बताइन् । 

मार्खु गाविसमा भएको समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा मार्खु गाविसका सहायक रामकुमार रिमालले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा छलफल केन्द्रमा आवद्ध महिलाहरु, स्थानीय संघ संस्थाका पदाअधिकारी तथा स्थानीय अगुवाहरुको उपस्थिती रहेको थियो ।

नारी सीप सृजना केन्द्रले मकवानपुरको मार्खु, चित्लाङ, फाखेल, कुलेखानी र सिस्नेरी गाविसमा महिला नेतृत्व परियोजना संचालन गरिरहेको छ ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)