Tuesday, 18th August, 2026
वि.स.

माइलीमाया हिम्डुङ भेट्न सांसद थापा हाँडिखोला पुगे

अनुहारमा पलाएको ट्युमरको उपचार गर्न नसक्दा विगत ११ वर्षदेखि गोठमा बस्न बाध्य बनेकी माईलीमायाँ लाइ भेट्न सांसद गणेश थापा हाडिँखोला पुग्नु भएको छ।  हाँडिखोला गाविस वडा नं ४ की ५१ वर्षीय माइलीमाया डिम्डुङको उपचारका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएका थापा आज डिम्डुङ लाइ भेट्न उनकै घर पुग्नु भएको हो । नै म निकै भाबुक बनेको थिँए थापाले भन्नु भयो । “समाचार पढेपछि आफै गएर हेरुँ भन्ने लागेको थियो समाचारमा आएको भन्दा विरामिको अवस्था दयनिय लाग्यो ”। यस अघि पनि मकवानपुरका विभिन्न गाविसमा विपन्न हरुको उपचारमा पहल गरेको भन्दै थापाले डिम्डुको उपचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहार्याउनु भयो ।

न्युन आर्थिक अवस्था उपचार गर्न नसकेकि डिम्डुङको तत्काल उपचारको कामका लागि आफ्नो प्रयासमा काम थाल्ने प्रतिबद्धता स्वरुप सांसद थापा थापाले आजै हेटौडामा रहको चुरेहिल अस्पतालमा उपचारको विषयमा परामर्श लिनु भएको थियो । “ चुहेहिल अस्पतालले पहिलो चरणमा क्यान्सर परीक्षण गर्नु पर्छ भनेको छ ”। थापाले भन्नु भयो । “ क्यान्सर परीक्षण हेटौडामा सम्भव छैन, चितवन वा काठमान्डौँ लैजानु पर्छ । यो विषयमा छिट्टै पहल हुने छ ।

 उपचारका लागि सहयोग गर्न र वास्तविक अबस्था बुझ्न थापाले केहि दिन अघिलागि राप्रपा पार्टी निकटको महिला संगठनका अध्यक्ष अम्बिका खतिवडा सहित अरु पदाधिकारीहरु सिता अधिकारी, सिता डल्लाकोटी अम्बिका न्यौपाने लगायतकाको टोलीलाई पठाउनु भएको थियो । अनुहारको ट्युमर बढेर सम्पूर्ण अनुहार ढाकेको, टाउको तथा सम्पूर्ण अनुहारभरी खटिरा आई पाकेको र गन्धको कारण घरमा राख्न असहजिलो भएपछि विगत ११ वर्षदेखि उनलाई गोठमा राख्नु परेको हिम्डुङका श्रीमान गोमानसिंह हिम्डुङले बताएका थिए ।

२०६० सालमा पिनास भएको, २०६१ सालमा नाकमा मासु पलाएपछि   बिर अस्पतालमा उपचार गरेको तर त्यसको १ वर्ष पछि पुनः नाकमा मासु पलाउन थालेको बताउँदै गोमानसिंहले आर्थीक अभावको कारण उपचार गर्न नसक्दा आफुहरु निकै पीडामा परेको गुनासो गरेका थिए ।डिम्डुङ सहित उनका बाल बच्चाको लागि लत्ता कपडा तथा फलफुल सहयोग गरेका थिए । सांसद थापाले उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आजैबाट दुध किनेर खाने ब्यवस्था समेत मिलाउनु भएको छ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif