Tuesday, 25th August, 2026
वि.स.

महोत्तरीमा एक कोरोना संक्रमितद्वारा आत्महत्या

sucide-1599113468.jpg

महोत्तरीमा आत्महत्या गरेकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर स्थित–३ गौरीडाँडा बस्ने वृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 

महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन्  । उनले किन आत्महत्या गरिन् भन्ने अहिलेसम्म कुनै कुरा नखुलेको प्रहरीले जनाएको छ । 

भदौ १५ गते स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको थियो । उनको रिपोर्ट बुधबार साँझ आएको बर्दीवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए । मृतकको घरका अन्य ३ जनामा भदौ ११ गते कोरोना संक्रमण पृष्टि भएको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif