Friday, 28th August, 2026
वि.स.

मनहरीमा सुकुम्बासी, अव्यवस्थीत बसोवासीको तथ्याङक संकलन

manhari1-1612069657.jpg

मकवानपुरको मनहरीमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी, र अव्यवस्थीत बसोवासीको बिवरण र तथ्याङक संकलन सुरु गरिने भएको छ । त्यसका लागि कार्यालयको स्थापना भएको छ ।

भूमि व्यावस्थापन साखा मनहरीको रजैयामा स्थापना गरेर काम सुरु गर्न लागिएको हो । यसका लागि ७ जना कर्मचारी छनौट गरेर तालिम दिएपछी काम सुरु गरिनेृ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । जग्गा भएका तर, पुर्जा नभएका र जग्गानै नभएका दलितहरु कति छन् भनेर तथ्याङक संकलन गर्न लागिएको उनले बताए।

तालिमपछी छनौट भएका र्कचारीहरुलाई फिल्डमा खटाउने उनले वताए। सरकारले गठन गरेको सुकुम्वासी समस्या समाधान आयोगमा यसको विवरण बुझाएपछी निर्णय गर्ने छ । मकवानपुरका दश वटै स्थानीय तहमा यसैगरी विवरण संकलन गरेर काम गर्ने तयारी थालिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif