Wednesday, 19th August, 2026
वि.स.

मकवानपुर २ मा अग्रता बढाउँदै बर्तौला, विरोधले कति पाए मत ?

birodh-mahesh_X3nlLRwobw-1669160619.jpg

प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध १ हजार ३२६ मतान्तर बनाएका हुन् । 

एकीकृत समाजवादीका स्थायी समिति सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहँदै आएका छन् । खतिवडा बर्तौलासँगको मतान्तर कम गर्ने कसरतमा छन् ।  

कुल ३० हजार १७० मत गणना गर्दा खतिवडाले १० हजार १ मत पाएका छन् भने एमालेका बर्तौलाले ११ हजार ३२७ मत ल्याएका छन् । यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४ हजार ५४ मत ल्याएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif