nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर-२ : गुरुलाई चेला भारी

IMG_20221121_233210-1669170584.jpg

मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलाले अग्रता कायमै गरेका छन् । उनले ३९ हजार चारसय ४१ मत गणना हुँदासम्म १५ हजार नौंसय दुई मत ल्याएका छन् ।

उनलाई नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले पछ्याइरहेका छन् । खतिवडाले हालसम्म १३ हजार छ सय ५७ मत प्राप्त गरेका छन् । खतिवडा बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् ।

नेकपा एमालेमा रहँदा खतिवडाकै राजनीतिक प्रशिक्षणमा हुर्किएका बर्तौला उनकै लागि भारी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले पाँच हजार सातसय ७९ मत ल्याएका छन् । हालसम्म एक हजार आठसय ७९ मत बदर भएको छ । यस क्षेत्रमा कुल मतदाता एक लाख ५० हजार पाँचसय ७८ रहेकोमा ८६ हजार छ सय ५२ मत खसेको थियो ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)