Tuesday, 18th August, 2026
वि.स.

मकवानपुर प्रहरीद्वारा ठुलो परिणाममा हातहतियार र बिष्फोटक पदार्थ बरामद

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको मनहरीबाट हात हतियार सहित विष्फोटक पदार्थ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवट बाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुरको मनहरी वडा नं। २ सिद्धकालि बस्ने  ईमान बहादुर थिंङको घरमा हातहतियार तथा बिष्फोटक पदार्थ लुकाई छिपाई राखेको छ भन्ने सुचनाको आधारमा निजको घरमा गई घर खानतलासी गर्दा  ठुलो परिमाणमा उक्त हातहतियार बरामद भएको हो ।

प्रहरीको अनुसार घरधनी थिंङ विप्लव समुहको कार्यकर्ता हुन र उनी हाल फरार रहेका छन् । 

यि हुन पक्राउ परेको हात हतियार
- कटुवा बन्दुक थान १ 
-  कटुवामा लाग्ने १२ बोरको गोलि राउण्ड थान९३
- २७ नको डेटोनेटर थान २
- बिजुलिको तार २०० मिटर
- सकेट पाईप थान१६० सर्किट व्याट्रि थान २
- जिलेटिन पहेलो रङको १०० ग्राम
- डेटकर्ड तार २ मिटर
- बारुद बनाउने सेतो रङको कच्चा पदार्थ ३०० ग्राम 
- कालो राङको बारु १५० ग्राम
-  राईफलको म्याग्जिन थान १ 
-  ३७ नको डेटोनेटर थान ३
-  ईन्सास राईफलको म्याग्जिन थान१
- राईफलको तेल २०० 
- नेपालि सेनाको पाईन्ट थान १र सशस्त्र प्रहरी चुस्ताको सर्ट थान१
- जनमुक्ति सेनाको क्मब्याडको टोपि थान २
- हाम्रो संश्लेषण र साम्यबादका बिशेषताहरु लेखिएको किताब थान१ थान



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif