Thursday, 20th August, 2026
वि.स.

मकवानपुर दुई नम्बरबाट विडारी चुनाव लड्ने

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, सांसद तथा संविधानविद् रामनारायण बिडारीले प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बरिष्ठ अधिवक्ता समेत रहेका बिडारीलाई माओवादी केन्द्रले दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाउने तयारी अघि बढाएको हो । 

माओवादीको संसदीय दलका सचिव समेत रहेका बिँडारी गणतन्त्र नेपालको संविधान मस्यौदाका पाँच जनामध्येका एक सदस्य हुन् । पार्टी र संविधान लेखनसँगै देशका महत्वपूर्ण घटनाक्रममा पार्टी र देशको पक्षमा काम गरेको भन्दै माओवादी हेटक्वार्टरले मकवानपुर दुई नम्बर निर्वाचन क्षेत्रबाट बिडारीलाई चुनावी मैदानमा उतार्न लागेको केन्द्रीय कार्यालय स्रोतले बताएको छ । 

सांसद बिडारीले पार्टीले आवश्यकता ठाने आफु मकवानपुरबाट निर्वाचन लड्ने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)का विश्वासपात्र बिडारीलाई उम्मेदवार बनाउन मकवानपुरका माओवादी नेताहरुले पनि लविङ सुरु गरेका छन् । 

२०३८ सालदेखि जनमूखी राजनीति सुरु गरेका बिडारी २०४८ मा मकवानपुरको ३ नम्बर र २०५१ सालमा मकवानपुर २ र महोत्तरी २ बाट निर्वाचन लड्का थिए । रुपचन्द्र बिष्टका सहयात्री उनी २०४८ देखि संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य भएका थिए । जनमोर्चाबाट एकता केन्द्र, एकता केन्द्र मशाल हुँदै नेकपा माओवादीका एक ब्यक्ति कमिटिका सदस्य रहेका उनी २०७० सालमा माओवादीबाट समानुपाति सभासद भएका थिए ।

उनी हाल संसदको महाअभियोग सिफारिस समिति, बिधान समितिमा सदस्यसँगै कानूनका बिज्ञको हैँसियतले बिभिन्न समितिका आमन्त्रित सदस्य छन् । ३५ वर्ष वकालत समेत गरेका ५९ वर्षीय बिडारी मकवानपुरको उत्तरी टिष्टुङमा जन्मिएका थिए । उनले कानून विषयमा स्नातक सम्म अध्ययन गरेका छन् । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif