Wednesday, 1st July, 2026
वि.स.

मकवानपुर थाहानगरको देउखेलमा बस दुर्घटना,चालक घाइते

Accide-1518669384.jpg

मकवानपुरको थाहा नगरपालिकाको आग्रा चल्ती–देउखेल–चिसापानी–पालुङहुँदै हेटौंडा रुटमा संचालन हुने बस २ फागुन राती दुर्घटना भएको छ ।  ना ५ ख १०५३ नम्बर को बस राती थाहा नगरपालिका वडा नम्बर ७ स्थित देउखेलमा दुर्घटना भएको हो। दुर्घटनामा परि घाइते भएका बसका चालक सुरेश खत्रीलार्इ तत्काल उपचारका लागि काठमाडौं स्थित सहिद मेमोरियल अस्पताल लगिएको बताइएको छ ।  अहिले घाइतेको अबस्थामा सुधार आएको बताइएको छ । 

स्थानीय दिनेश कार्कीका अनुसार उक्त बस हेटौंडाबाट आग्राको देउखेलमा यात्रु पुब्याएर फर्किदा दुर्घटना भएको हो । बस पार्किङ गर्ने क्रममा दुर्घटना भएकोले कुनैपनि मानविय क्षति भएको छैन । बस रोक्नका लागि ब्रेक लाउने क्रममा ब्रेक नलागेको र अलिकति बढी ब्याक भएकोले पल्टिएको बताइन्छ ।  उक्त बस दुर्घटना स्थलबाट लगभग ४० मितर तल बारीमा खसेको छ। 

– दिनेश कार्कीबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०