nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर क्षेत्र नम्बर–२ मा महेश बर्तौला विजयी

FB_IMG_1669249381611-1669249671.jpg

मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–२ एमालेका युवा नेता नेता महेशकुमार बर्तौला विजयी भएका छन् । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब समेत रहेका बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेकपा एमालेका युवा नेता बर्तौलाले सत्ता गठबन्धनका तथा एकिकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडालाई पराजित गरेका हुन् । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे । खतिवडा ४ हजार २२० मतले पछि परेका हुन् ।

यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका छन् । कुल ८६ हजार ६ सय ५२ मत खसेको ८६ हजार ३ सय ३ गन्दा बर्तौलाले उत मत पाएका हुन । हालसम्म मकवानपुर २ मा ४ हजर १०२ मत बदर भएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)