Wednesday, 26th August, 2026
वि.स.

मकवानपुर क्याम्पसका प्रमुखलाई कोरोना पोजेटिभ, संक्रमित भन्छन:रोग नलुकाऔँ

Dr.-1598022889.jpg

मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर शंकरप्रसाद उपाध्यय कोरोना संक्रमित भएका छन् । उनले आफुलाई कोभिड-१९ पोजेटिभ आएको जानकारी दिदै आफुसँग सम्पर्कमा रहेका ब्यक्तिलाई ट्रेसिंग प्रक्रिया शुरू गर्न आग्रह गरेका छन् ।

उनले सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन-"मलाई कोभिड १९ पोजेटिभ भएको छ । म अहिले आइसोलेसनमा छु र स्वस्थ छु । मानिस जो मसँग सम्पर्कमा थिए, कृपया सम्पर्क ट्रेसिंग प्रक्रिया शुरू गर्नुहोस्।"

डाक्टर उपाध्ययले यो लुकाउने खालको संक्रमण नभएको बताए । उनले रोग लुकाउँदा अरुलाई पनि संक्रमण हुने खतरा हुने भएको भन्दै आफुले जानकारी दिएको समेत बताए । उनले भने-यदि मैले रोग लुकाए भने अरु संक्रमित हुने डर हुन्छ, त्यो कदापी राम्रो हैन, हामी अहिलेपनि रोग लुकाएर बस्ने कस्तो युगमा बस्न खोजेको ? त्यसले त कतैपनि राम्रो परिणाम त दिँदैन त्यसकार रोग नलुकाउ, सबैलाई भनौ र सचेत गरौ ।

उनले आफु होम आइसोलेसनमा बसेको भन्दै परिवारबाट केहि समय एक्लै बसेर रोगलाई जित्ने प्रतिक्रिया दिए । आफुलाई कुनै लक्षण देखा नपरेको भन्दै उनले सामजिक सञ्जालमा स्वास्थ्यलाभको शुभकामना ब्यक्त गर्नेलाई धन्यवाद समेत दिएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif