Thursday, 20th August, 2026
वि.स.

मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

 काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

चैत्र ४ बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ ।

भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ । ०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०