Friday, 21st August, 2026
वि.स.

मकवानपुरमा माओवादीबाट पुलामी र मोक्तान बने उमेद्वार, को उठ्दैछ बागी ?

मकवानपुरमा दुई वटा प्रदेशसभाका लागि उमेद्वार भाग पाएको माओवादी केन्द्रको तर्फबाट जिल्ला संयोजक तथा पोलिटब्युरो सदस्य प्रेमबहादुर पुलामी र कुमारी मोक्तानलाई उम्मेद्वार बनाएको हो । 

आउँदो मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रबाट पुलामी र मोक्तानको उम्मेद्वारी टुंगो लागेको हो । वाम तालमेलपछि मकवानपुरमा माओवादीले प्रदेश सभाका लागि दुई सिट पाएको हो । 

माओवादी केन्द्र मकवानपुरका संयोजक पुलामीका अनुसार माओवादी केन्द्रले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ को (क) तथा क्षेत्र नंबर २ को पनि (क) निर्वाचन क्षेत्र पाएको छ । जसअनुसार १ नंबरको क निर्वाचन क्षेत्रमा पुलामी तथा २ नंबरको क निर्वाचन क्षेत्रमा मोक्तान निर्वाचन लडनेछन् ।

यसैबीच नेकपा माओवादी केन्द्रबाट प्रतिनीधि सभा क्षेत्र नंबर २ को (क) बाट बागी उठ्न सक्ने ब्यापक चर्चा भएको छ । यद्यपी माओवादीले प्रतिनीधि सभाका लागि एमालेको उमेद्वार र प्रदेश सभाका लागि माओवादीको उमेद्वारलाई भोट हाल्ने प्रतिक्रिया दिएकाे छ । यस अघि माओवादीले प्रदेश सभाका लागि क्षेत्र नम्बर २ (क) बाट विष्णु विष्ट आदर्श, अरुण रायमाझीलगायतलाई सिफारिस गरेको थियो भने कुमारी मोक्तानलाई प्रतिनीधि सभाका लागि सिफारिस गरेको थियो । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif