Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरमा मतदाता शिक्षा स्वयंसेवक परिचालन

मकवानपुर जिल्लाका घर घरमा स्थानीय मतदातालाई प्रशिक्षित गर्न २ स्वयंसेवक परिचालन गरिएको छ ।

आठ गाउँपालिकामा नौरनौ वडा, थाहा नगरपालिकाका १२ वडा र हेटौँडा उपमहापालिकाका १९ वडामा करिब चार सय ७० जना मतदाता स्वयम्सेवक खटिएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए । 

मकवानपुर जिल्लामा दुई लाख २७ हजार सात सय ६४ मतदाता र तीन सय सात मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भने ७३ हजार दुई सय ६७ र थाहा नगरपालिकामा २९ हजार दुई सय ३२ मतदाता रहेको बताइएको छ ।